काठमाडौँ- फिल्म ‘जहाजैमा’मा जापानी अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएकी छन्। रजेल जापानकी नायिका तथा मोडल हुन्।
उनी फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएको निर्माण टिमले जनाएको छ। साथै उनको एक पोस्टर पनि सार्वजनिक भएको छ। हिउँले भरिएको दृश्यसहित पोस्टरमा उनी छातामुनि उभिएकी छन्।
निर्देशक कृषा चौलागाईंले फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भएपनि रोचक हुने बताइन्।
फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुराँगाइले निर्माण गर्दैछन्। फिल्मले नेपाल-जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।
फिल्मको अहिले प्रि-प्रोडक्सन काम भइरहेको छ। पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन्। फिल्म आगामी अंग्रेजी वर्ष सन् २०२६ मा प्रदर्शन गर्ने टिमको तयारी छ।
प्रकाशित: ५ असार २०८२ १५:०१ | Thursday, June 19, 2025
प्रतिक्रिया




