तनहुँ : तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

हिमाल प्रेस २ असार २०८२ २१:१६ | Monday, June 16, 2025
तनहुँ : तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

दमौली (तनहुँ)– गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मंगले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा आज (सोमबार) शव फेला परेको छ।

नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ।

बेपत्ता नेपालीको खोजतलास भइरहेको थियो। नहर छेउमा निजले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असार २०८२ २१:१६ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast