गण्डकीको बजेट ब्रिफकेस छाडेर कपडाको झोलामा

हिमाल प्रेस १ असार २०८२ १७:४६ | Sunday, June 15, 2025
गण्डकीको बजेट ब्रिफकेस छाडेर कपडाको झोलामा

पोखरा– गण्डकी सरकारको आगामी आव २०८२/०८३ को बजेट वक्तव्य सुरु भएको छ।

प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पोखरा नदीपुरस्थित प्रदेशसभा बैठकमा केहीबेर अघि देखि बजेट प्रस्तुत गर्न थालेका हुन्।

दिउँसो ४ बजेदेखि सुरु हुने भनिएको बजेट १ घण्टा ढिला गरी सुरु भएको हो। प्रदेश सरकारले यसपालि कपडाको झोलामा बजेट ल्याएको छ।

विगतमा ब्रिफकेसमा ल्याउने प्रचलन तोड्दै सरकारले झोलामा ल्याएका हुन्। जसलाई छालाको फित्ताले बेरिएको थियो। सरकारले चालु आवको तुलनामा केही मात्र कम बजेट ल्याउने जनाएको छ।

प्रकाशित: १ असार २०८२ १७:४६ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast