प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलले जित्यो

हिमाल प्रेस ३१ जेठ २०८२ १९:५० | Saturday, June 14, 2025
प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलले जित्यो

पोखरा– प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ऐतिहासिक पहिलो संस्करण जित्दै विभागीय एपीएफ क्लबले आफ्नो नाम लेखाउन सफल भएको छ।

नेशनल स्पोर्टस एकेडेमी आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार फाइनलमा अर्को विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरी उपाधिसहित ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र जितेको हो।

उपविजेता पुलिसले ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ।
यस्तै, शनिबार नै भएको तेस्रो स्थानको खेलमा एभरेष्ट क्लबलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भयो। उसले १ लाख साथमा ट्रफी, मेडल र प्रमाणत्र पायो।

फाइनलमा एपीएफले २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। त्यसो त दुई साता अघिमात्रै पोखरा रंगशालामा भएको एनभीए कपको विजेता पुलिसले यसपालि लिग चरणमा समेत एपीएफलाई हराएको थियो। तर, एपीएफले फाइनलमा त्यसको बदला लिन सक्यो।

तेस्रो स्थानको खेलमा न्युडायमण्डले एभरेष्ट क्लबलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो।

प्रतियोगिताभर सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित भइन्। उनले नगद ३० हजार प्राप्त गरिन्। विधागततर्फ पनि एपीएफले वर्चश्व कायम गरेको छ।

एपीएफलका जसना महतो उत्कृष्ट सेटर, सृष्टि खड्की उत्कृष्ट सर्भर र पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट ब्लकरमा न्यू डाइमण्डकी सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरोमा न्यू डायमण्डकै सलिना श्रेष्ठ घोषित भए।

उनीहरुले जनही २० हजार पाए। गत २७ जेठदेखि सुरु भएको प्रतियोगितामा ६ टिमले भाग लिएका थिए।

विजयीलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, पार्टीका स्थायी कमिटी सदस्य सत्या पहाडी, राखेप बोर्डसदस्य प्रकाश कुसारी, गण्डकी प्रदेशका पूर्वमन्त्री रेशम जुग्जाली, पूर्वसांसद आशा कोइराला, आयोजक नेशनल स्पोर्टस एकेडेमी अध्यक्ष दीपक कोइरालालगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: ३१ जेठ २०८२ १९:५० | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast