
पोखरा– फेवातालमा चार जना प्याराग्लाइडर खसेका छन्। दुर्घटनामा मानवीय क्षति भने भएको छ।
पोखरा महानगरपालिका-१८ तोरेपानीबाट उडेको दुईवटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीचमा खसेको सशस्त्र प्रहरी बलले जनाएको छ। बलले दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीहरूलाई दिउँसो ३ बजे सकुशल उद्धार गरेको थापाले बताए।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी छन्।