बेगनासतालमा पौडी खेल्दा ज्यान गयो

हिमाल प्रेस २६ जेठ २०८२ ११:०८
4
SHARES
बेगनासतालमा पौडी खेल्दा ज्यान गयो बेगनास ताल

पोखरा– पौडी खेल्ने क्रममा बेगनासतालमा बेपत्ता भएका राजेश श्रेष्ठको शव सोमबार निकालिएको छ। श्रेष्ठको शव ३५ फिट गहिराइबाट निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

आइतबार साँझ कास्कीको पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला सहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय श्रेष्ठ बेपत्ता भएका थिए।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपछि खोजतलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सातजना गोताखोरसहितको टोली परिचालन भएको थियो। सोमबार बिहान १० बजे श्रेष्ठको शव शव फेला पारी पानीबाट बाहिर निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २६ जेठ २०८२ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast