प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा

हिमाल प्रेस २६ जेठ २०८२ ९:२३
50
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।

आइतबार विपक्षी र सत्तापक्षबीच भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको विषयमा सहमति नजुट्दा बैठक दुईपटक सारिएको थियो। साँझ एकछिन मात्र बसेको बैठक सोमबार दिउँसोसम्मका लागि स्थगित गरिएको हो।

आजको बैठकअघि दलहरूबीच सहमति जुटाउने प्रयास भइरहेको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २६ जेठ २०८२ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast