मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेनागृहको शिलान्यास

हिमाल प्रेस २५ जेठ २०८२ २१:३१
10
SHARES
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेनागृहको शिलान्यास

काठमाडौँ- मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयका लागि छात्रावास तथा चमेनागृह निर्माणको शिलान्यास भएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र मुस्ताङको लोमान्थाङ गाउँपालिका टसी न्हुर्व गुरुङले संयुक्तरूपमा भवनको शिलान्यास गरेका हुन्।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड ७६ लाख (नेरु) को लागतमा विद्यालयको छात्रावास भवन तथा चमेनागृह निर्माण हुने भएको हो।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान शौचालय, बाथरुम, भोजकक्षसहित भान्छागृह, विश्रामकक्ष र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदै आएको छ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको र मुस्ताङको लोमान्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिन लागिएको दूतावासले जनाएको छ।

दिव्य दीप माध्यमिक विद्यालय माथिल्लो मुस्ताङमा रहेको एकमात्र उच्च माध्यमिक विद्यालय हो। यसले लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिका बस्ने बालबालिकालाई अध्यापन गराउँदै आएको छ।

सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक, पुल, नदी, खानेपानी, विद्युतीयकरण, कृषि, सांस्कृतिलगायतका विभिन्न क्षेत्रहरूमा ५७३ एचआईसीडीपीहरूमा कार्य गरेको छ। यी परियोजनाहरू नेपालका सातै प्रदेशमा फैलिएका छन्।

प्रकाशित: २५ जेठ २०८२ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast