‘पिताम्बर २’ बन्ने, कलाकार, प्राविधिक र पत्रकारलाई सम्मान गर्दै टिमले मनायो ५१ दिन

हिमाल प्रेस २३ जेठ २०८२ १२:०९
10
SHARES
‘पिताम्बर २’ बन्ने, कलाकार, प्राविधिक र पत्रकारलाई सम्मान गर्दै टिमले मनायो ५१ दिन

काठमाडौँ- गत चैत २९ देखि प्रदर्शनरत फिल्म ‘पिताम्बर’ले ५१ दिन मनाएको छ। फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, बिएसआर र बिग मुभिजमा ५१ दिन मनाएको हो।

यही अवसरमा निर्माण टिमले ‘पिताम्बर २’को घोषणा समेत गरेको छ। उनीहरूले रञ्जना हलमा ५१ दिन मनाउँदै कलाकार, प्राविधिक र पत्रकारहरुलाई सम्मानसमेत गरेको छ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह-निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुरवीर पण्डितलगायत कलाकारको सहभागी थियो।

निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले पिताम्बरले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइन्। एक्सन फिल्मको सफलतामा उत्साहित देखिएकी कृषाले पहिलेको कमजोरी सच्याउँदै दर्शकलाई राम्रो फिल्म दिने दाबीसमेत गरिन्।।उनले भनिन्, ‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’

फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २३ जेठ २०८२ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast