 फाइल तस्बिर : रासस/सिन्हवा
                             फाइल तस्बिर : रासस/सिन्हवा
                                            काठमाडौँ- इजरायली सेनाले सहायता लिन जाँदै गरेका मानिसको भीडमाथि गोली चलाएको छ। उक्त घटनामा २७ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ। प्यालिस्टिनी अधिकारीहरू र प्रत्यक्षदर्शीहरूको भनाइअनुसार गाजामा लगातार मंगलबार तेस्रो दिन गोली चल्दा मानिसको ज्यान गएको हो।
प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले गाजामा सहायता लिन गएका मानिसलाई लक्षित गरी गोली चलाएको बताएका छन्।
इजरायली सेनाले केही शंकास्पद व्यक्तिहरूमाथि गोली चलाएको दाबी गरेको छ। ती मानिसहरू बाटो छोडेर सैनिकहरूको नजिक जान खोजिरहेका थिए। उनीहरूले चेतावनीका लागि गरिएको फायरिङको बेवास्ता गरेका थिए। आइतबार र सोमबार पनि सेनातर्फ अघि बढ्ने शंकास्पदहरूलाई लक्षित गरी गोली चलाइएको थियो।
स्वास्थ्य अधिकारीहरू र प्रत्यक्षदर्शीहरूका अनुसार ती दुई दिनमा ३४ जनाको मृत्यु भएको थियो। सेनाले सामान्य नागरिकमाथि गोली नचलाएको र उनीहरूलाई सहायता वितरण केन्द्रसम्म पुग्न नदिएको भन्ने आरोप अस्वीकार गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 