नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक बस्दै

हिमाल प्रेस १२ जेठ २०८२ ६:५५ | Monday, May 26, 2025
नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक बस्दै

काठमाडौँ- नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति हलमा बस्दै छ। समूहका संयोजक सांसद विराजभक्त श्रेष्ठको पहलमा आयोजित उक्त बैठकमा मैत्री सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ। समूहको पहिलो बैठक बस्न लागेको हो।

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

संयोजक श्रेष्ठले संसदीय व्यवस्था भएका देशसँग संसदीय अनुभव आदानप्रदान गर्दा दुई देशबीचको कूटनीतिक सम्बन्ध समेत सुदृढ हुने विश्वास व्यक्त गरे। उनले भने, ‘नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको र संसदीय व्यवस्थाको जननी भनेर चिनिएको बेलायतको लामो संसदीय अभ्यास छ। त्यो अनुभवले हामीलाई उपयुक्त कानुन बनाउन उपयोगी हुनेछ। पहिलो बैठक बसेपछि बेलायतको संसद्सँग पनि विधिवत् रूपमा संवाद गर्नेछौँ।’

संसदीय समिति भएकाले पनि यसको अभ्यास संसदीय अनुभव आदानप्रदानमा बढी केन्द्रित हुने श्रेष्ठले बताए। यसले बेलायतमा रहेका नेपालीहरूलाई पनि उत्साह थप्ने बताए।

संयोजक श्रेष्ठ संयोजक रहेको समूह सदस्यमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने,  सुहाङ नेम्बाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र डा. चन्द्रकान्त राउत छन्।

प्रकाशित: १२ जेठ २०८२ ६:५५ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast