गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

हिमाल प्रेस ७ जेठ २०८२ १८:०१ | Wednesday, May 21, 2025
गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौँ- गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले भट्टराईलाई गृह मन्त्रालयबाट नियन्त्रणमा लिएको हो।

‘केही बेरअघि अख्तियारको टोलीले उहाँलाई यहाँ मन्त्रालयबाटै लगेको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका उनको मंगलबार बेलुका गृह मन्त्रालयमा सरूवा गरिएको थियो। उनलाई सरूवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रूपमा पठाउने निर्णय गरेको थियो।

भिजिट भिसामा विदेश जानेहरू ‘सेटिङ’ मिलाएर रकम लिने गरेको भन्दै भट्टराईविरूद्ध अख्तियारमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन गर्न सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको बताइएको छ।

नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको उजुरी परेपछि भट्टराई अनुसन्धानमा तानिएका हुन्। अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएर टंगालस्थित कार्यालय लगेको छ।

प्रकाशित: ७ जेठ २०८२ १८:०१ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast