भारतसँग तनावका बीच पाकिस्तानले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण

हिमाल प्रेस २२ वैशाख २०८२ १९:४३
44
SHARES
भारतसँग तनावका बीच पाकिस्तानले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण

काठमाडौँ– जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतसँग तनाव बढेको बेला पाकिस्तनले दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको छ।

१२० किलोमिटर दायरा भएको मिसाइल सफलतापूर्वक परीक्षण गरिएको पाकिस्तानको सेनाले जनाएको हो।

पाकिस्तान सेनाका अनुसार परीक्षणको उद्देश्य सैनिक तयारी र प्रविधिगत पक्षहरूको प्रमाणीकरण रहेको छ। यसअघि शनिबारपनि पाकिस्तानले ४५० किलोमिटर दायर भएको क्षेप्यास्त्र परीक्षण गरेको थियो।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अरागजी पुगेका छन् र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन्। उनी यही साता भारत पनि जाने कार्यक्रम रहेको छ। इरानले भारत–पाकिस्तानबीच मध्यसथ्ता गर्ने प्रस्ताव अघि सारेको छ।

पाकिस्तानका प्रधानमन्त्री शरीफले राष्ट्रिय सुरक्षाका लागि सेना पूर्णरूपले तयार रहेको बताएका छन्।

पहलगाममा अप्रिल २२ मा पर्यटकमाथि भएको आतंकवादी आक्रमणलाई लिएर दुई देशबीच तनाव बढेको छ। यो आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो। भारतले पहलगाम आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ। यद्यपि पाकिस्तानले आरोपको खण्डन गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ।

विश्व समुदायले दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ। अमेरिका, रूस र अन्य मुलुकहरूले स्थिति जटिल बन्नसक्ने भन्दै आशंका व्यक्त गरेका छन्।

रासस/एएफपी

प्रकाशित: २२ वैशाख २०८२ १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast