काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तालिका रहेको प्रतिनिधिसभाको बैठक सरेको छ।
बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला सारिएको हो।
राजनीतिक दलको आन्तरिक तयारी नसकिएका कारण बैठक पछाडि सारिएको हो। नेपाली कांग्रेसलगायतका दलको संसदीय दलको बैठक जारी छ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि सरेको छ । बिहान ९ बजे बस्ने भनिएको बैठक ११ बजेका लागि सारिएको छ ।
प्रकाशित: २६ पुष २०७९ १०:२६ | Tuesday, January 10, 2023
प्रतिक्रिया




