यस्ताे छ ‘एक्लो’ मा दिया पुनको क्यारेक्टर पोस्टर

हिमाल प्रेस १४ वैशाख २०८२ १२:२६ | Sunday, April 27, 2025
यस्ताे छ ‘एक्लो’ मा दिया पुनको क्यारेक्टर पोस्टर

काठमाडौँ- फिल्म ‘एक्लो’ मा अभिनीत अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। आज मातातिर्थ औंशीको अवसरमा निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो।

साइन्स फिक्सन जनरामा आधारित फिल्मको पोस्टरमा अभिनेत्री दियाको नाम एस्ट्रोनट पुन लेखिएको छ।

फिल्मका निर्देशक प्रदीप शाही हुन्। उनको यो तेस्रो निर्देशकीय फिल्म हो। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, बेलायती अभिनेता जेमी बेकनलगायत कलाकारको अभिनय छ।

बाबु श्रेष्ठको छायांकनमा बनेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन्।

फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन्।

प्रकाशित: १४ वैशाख २०८२ १२:२६ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast