हलमा लाग्यो ‘भूठान’ र ‘खेल’

हिमाल प्रेस १२ वैशाख २०८२ १०:५६
6
SHARES
हलमा लाग्यो ‘भूठान’ र ‘खेल’

काठमाडौँ- यो साता हलमा दुई फिल्म प्रदर्शन भएको छ। शुक्रबार अर्थात् वैशाख १२ (आज) देखि हलमा फिल्म ‘भूठान’ र ‘खेल’ प्रदर्शन भएको हाे।

‘भूठान’ विनोद पौडेलको लेखन र निर्देशनमा बनेको छ। वरिष्ठ कलाकार हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म आप्रवासी भूटानीको कथामा आधारित छ। फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, दयाहाङ राई, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ।

त्यस्तै, फिल्म ‘खेल’ अनुराग प्रधान र आस्था श्रेष्ठकाे निर्देशनमा बनेकाे छ। फिल्ममा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, किरण श्रेष्ठ लगायतको अभिनय छ।

आशिषराज महर्जनको कथा रहेको फिल्मको पटकथा पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका हुन्।

प्रकाशित: १२ वैशाख २०८२ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast