शिक्षकले टेरेनन् सरकारलाई, पन्ध्रौँ दिन पनि सडकमा [तस्बिरहरूसहित]

रमेश दवाडी ३ वैशाख २०८२ १७:२४ | Wednesday, April 16, 2025
शिक्षकले टेरेनन् सरकारलाई, पन्ध्रौँ दिन पनि सडकमा [तस्बिरहरूसहित]

काठमाडौँ- आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले १५ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिए।

शिक्षकहरूले निरन्तर आन्दोलन गरेपछि मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्नेसमेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।

बैठकले एसईईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्किन अनुुरोध गरेको थियो।

महासंघले संघीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएसपछिमात्रै आन्दोलन रोकिने स्पष्ट पारेको छ। शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि प्रभावित भएको छ।

      

प्रकाशित: ३ वैशाख २०८२ १७:२४ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast