विमानस्थलबाट गाँजासहित एक भारतीय पक्राउ

हिमाल प्रेस २ वैशाख २०८२ १४:५२ | Tuesday, April 15, 2025
विमानस्थलबाट गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन हुन्।

भिसाकको साथबाट ६ किलो ९७० ग्राम गाँजा बरामद भएको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

राठौरका अनुसार गाँजासहित पक्राउ परेका भिसाक गएराति थाई एयरको उडानमार्फत बैंककबाट नेपाल आएका थिए।

‘थाई एयरको उडानमार्फत बैंकक हुँदै नेपाल आएका उनको लगेज जाँचका क्रममा यो परिमाणमा गाँजा फेला परेपछि पक्राउ गरिएको हो,’ राठौरले भने।

भिसाकलाई थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ।

प्रकाशित: २ वैशाख २०८२ १४:५२ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast