‘बोक्सीको घर’ र ‘मनसरा’ सिनेमाघरमा

हिमाल प्रेस १ वैशाख २०८२ १२:१६ | Monday, April 14, 2025
‘बोक्सीको घर’ र ‘मनसरा’ सिनेमाघरमा

काठमाडौँ- नयाँ वर्ष २०८२ को अवसरमा ओटिटी प्लेटफर्म सिनेमाघरले दुई फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ सार्वजनिक गरेको छ। निर्माण टिमले हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गर्दै फिल्म ओटिटीमा सार्वजनिक गरेको हो।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ ले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रित कथा प्रस्तुत गरेको छ। फिल्ममा बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप, पीपलको रूखलाई प्रयोग गरेर बोक्सीको आरोप लगाइएकी महिला पात्र, र समाजले गर्ने शोषणको कथा समेटिएको छ। फिल्ममा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ। गत वर्ष वैशाख १४ मा प्रदर्शन भएको फिल्मले हलमा ५१ औँ दिन मनाउन सफल भएको थियो।

यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘मनसरा’ ले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ। फिल्ममा  कलाकार दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, र प्रवीण खतिवडाले मुख्य भूमिकामा छन्। फिल्म गतवर्ष वैशाख २१ मा प्रदर्शन भएको थियो।

प्रकाशित: १ वैशाख २०८२ १२:१६ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast