चट्याङ लागेर भारतको बिहार र उत्तर प्रदेशमा ८० जनाको मृत्यु

हिमाल प्रेस ३० चैत २०८१ १५:५२ | Saturday, April 12, 2025
चट्याङ लागेर भारतको बिहार र उत्तर प्रदेशमा ८० जनाको मृत्यु

काठमाडौँ- भारतको बिहार राज्यमा बाढी, चट्याङलगायतका प्राकृतिक विपद्का घटनामा हरेक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ। जलवायु परिवर्तनका कारण मौसमसम्बन्धी घटनाहरू बढी देखिन थालिएको विज्ञहरूको भनाइ छ।

बिहारका विपद् व्यवस्थापन अधिकारीहरूले बिहीबार र शुक्रबार चट्याङ लागेर कम्तीमा ६१ जनाको मृत्यु भएको छ। यस क्रममा कृषि बालीमा समेत क्षति पुगेको बताइएको छ।

त्यस्तै भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा चट्याङ लागेर १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

गत वर्ष भारतमा चट्याङ लागेर एक हजार ९ सय जनाको मृत्यु भएको छ। आगामी दिनमा यस्ता घटनामा परेर मृतकको संख्या अझै बढ्न सक्ने विशेषज्ञहरूले बताएका छन्।

ओडिसास्थित फकिर मोहन विश्वविद्यालयको एक अनुसन्धान टोलीले गरेको अध्ययनअनुसार सन् १९६७ देखि २०२० सम्म चट्याङ लागेर भारतमा कुल एक लाख १३ हजार ९ जनाको मृत्यु भएको छ। अनुसन्धानले देखाएअनुसार सन् २०१० देखि २०२० को अवधिमा मृतको संख्या सबैभन्दा बढी रहेका छन्। विशेषज्ञहरू चट्याङलगायतका मौसमी घटनाहरूका लागि जलवायु परिवर्तनलाई प्रमुख कारण ठानेका छन्।

प्रकाशित: ३० चैत २०८१ १५:५२ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast