अबको बाटो सामाजिक न्याय सहितको समृद्धि : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस २३ पुष २०७९ २०:४० | Saturday, January 7, 2023
अबको बाटो सामाजिक न्याय सहितको समृद्धि : उपप्रधानमन्त्री श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उनले यस्तो बताएका हुन्। ६ दशक लामो संघर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागि पर्नुपर्ने उनको भनाइ छ।

‘सामन्ती, निरंकुश राजतन्त्र र एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर राजनीतिक प्रणालीको रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौँ। आजको मुख्य आवश्यकता भनेकै राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने हो,’ उनले भने, ‘नेपाली जनताको परिवर्तनको अनुभूति गर्नसक्ने गरी व्यक्तिको सामाजिक, आर्थिक रुपान्तरणको गुणात्मक बढाउनु सरकारको उद्देश्य रहेको छ।’

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्न, काउन्सिलले प्रदान गर्ने पत्रकारिता पुरस्कार समावेशी रूपमा वितरण गर्न र विविध भाषाको पत्रकारितालाई प्रवर्द्धन गर्न काउन्सिल जिम्मेवार ढंगले लाग्ने बताए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवाः पत्रकार दबुसँगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरे। समावेशिताले राष्ट्रिय एकता एवम् सामाजिक सद्भावलाई बलियो बनाउने उनले धारणा राखे।

प्रकाशित: २३ पुष २०७९ २०:४० | Saturday, January 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast