सरिता लामाले अमेरिकी महिलालाई बन्धक बनाएर फिरौती मागेपछि…

हिमाल प्रेस १४ चैत २०८१ १२:०७
54
SHARES
सरिता लामाले अमेरिकी महिलालाई बन्धक बनाएर फिरौती मागेपछि…

पोखरा– नेपाल घुम्न आएकी एकजना अमेरिकी नागरिकलाई बन्धक बनाई मोटो रकम फिरौती मागेको आरोपमा नुवाकोटकी एकजना महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–४ की ३७ वर्षीया सरिता लामा हुन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

घटना विवरणअनुसार ७० वर्षीया एकजना अमेरिकी महिला आफ्ना साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि आएकी थिइन्। सोही क्रममा लामासँग चिनजान भयो। नेपालमा रहँदा घुम्ने ठाउँहरुबारे लामासँग जानकारी लिइन्।

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको एक होटलमा बसिरहेकी ती अमेरिकीलाई लामाले आफ्नो घरमा लैजान्छु भनिन्। घर नलगी होटलमै बन्धक बनाएर फिरौती माग्न थालिन्। शरीर बन्धक बनाई फिरौतीस्वरुप ३ लाख युरो (करिब साढे ४ करोड रुपैयाँ) मागेको भन्ने सूचना गत ११ चैतमा नेपालस्थित अमेरिकी दूतावासले प्रहरीसमक्ष पुग्यो। घटना अनुसन्धानका लागि कास्की प्रहरी खटियो।

कास्की प्रहरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा ती अमेरिकीलाई हेटौँडा उपमहानगरपालिका १९, नेवारपानीबाट उद्धार गर्नुका साथै लामालाई ११ चैतमा पक्राउ गर्न सफल भएको हो।

कास्की प्रहरी प्रमुख एसपी ओलियाले अनुसन्धानका क्रममा ती अमेरिकीसँग लामाको सम्पर्क सामान्य रहेको बताए। नेपाल आइसकेपछि घरमा लैजान्छु भनेर पोखराबाट लगेको भए पनि हेटौँडा हुँदै पर्सातिर लगेको भेटिएको उनले बताए।

प्रकाशित: १४ चैत २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast