आठौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल : कसले पाए कुन पुरस्कार?

हिमाल प्रेस ११ चैत २०८१ २१:२४ | Monday, March 24, 2025
आठौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल : कसले पाए कुन पुरस्कार?

काठमाडौँ- आठौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ। ‘आखाँ’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ। उत्कृष्ट निर्देशकतर्फ ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन्।

उत्कृष्ट महिला कलाकार अवार्ड ‘पुजार सार्की’बाटै अभिनेत्री अञ्जना बराईलीले प्राप्त गरेकी छन् भने उत्कृष्ट अभिनेताको अवार्ड ‘आखाँ’बाट आरके मेहताले हात पारेका छ्न्।

त्यसैगरी, राष्ट्रिय फिचर फिल्म अवार्ड छायाकार राजेश श्रेष्ठले जितेका छन्। उत्कृष्ट राष्ट्रिय फिल्म लेखन अवार्ड जौन योञ्जनले पाएका छन्। भारतीय फिल्म ‘रूक्मिणी’ले डङ्की आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको फिल्म ‘द अविस’ले पाएको छ।

उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको फिल्म ‘अ बिटनेस’ ले पाएको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ ले जितेको छ। यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको फिल्म ‘लुसिया जि रोमेरो’ ले जित्यो।

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ उत्कृष्ट फिचर फिल्म अवार्ड पाएको छ। त्यस्तै, उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवी’, अडियन्स चोइस अवार्ड डकुमेन्ट्रीतर्फ ‘गल्र्स रि राइटिङ डेस्टिनी’, उत्कृष्ट सर्ट फिलम अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको ‘द विटनेस ट्रि’ ले पाएको छ।

चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको आठौं निफमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थियो। समापन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यता रहेको थियो।

प्रकाशित: ११ चैत २०८१ २१:२४ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast