२०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

हिमाल प्रेस ८ चैत २०८१ १३:४० | Friday, March 21, 2025
२०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर।

वीरगन्ज- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू २०८४ सालसम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभई प्रतिपक्षमै रहेर सरकारलाई खबरदारी गर्ने बताए।

उनले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाए। ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरूको मुख्य काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्र हो। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्ने नीति लिएको छ,’ प्रचण्डले भने।

उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने भए पनि त्यो नदिइएको आरोप लगाए। ‘लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्। उहाँलाई जोगाउन प्रधानमन्त्रीले पूरै तागत लगाएका छन्,’ उनले आरोप लगाए।

प्रचण्डले माओवादी पार्टी सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक नीति नअपनाउने दाबी गर्दै भने, ‘हामी सरकारमा हुँदा पनि भ्रष्टाचारविरुद्ध उत्रियौं। आर्थिक विकासका लागि गति दिने प्रयास गर्‍यौं।’

प्रकाशित: ८ चैत २०८१ १३:४० | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast