‘पिताम्बर’ काे टिजरमा प्रदीपको एक्सन

हिमाल प्रेस २६ फागुन २०८१ ११:३९ | Monday, March 10, 2025
‘पिताम्बर’ काे टिजरमा प्रदीपको एक्सन

काठमाडौँ- आगामी चैत २९ देखि प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ को दोस्रो टिजर सार्वजनिक भएको छ। फिल्मका कलाकार प्रदीप खड्काको जन्मदिनको अवसरमा निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा प्रदीपका एक्सन दृश्यहरुलाई मात्र स्थान दिइएको छ। यसअघि सार्वजनिक टिजर र गीत ‘म त फ्यान भए यार’ले चर्चा पाइरहेको छ।

फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

बाल कलाकारमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले अभिनय गरेका छन्। फिल्म कृषा चौलागाईंले निर्देशन गरेकी हुन्। फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद लेखन छ।

पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ।

विशाल चौलागाईं निर्माता रहेको फिल्म पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता छन्। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: २६ फागुन २०८१ ११:३९ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast