बिहान ४ बजे कालीमाटी तरकारी बजारमा यस्तो चहलपहल [तस्बिरहरू]

रमेश दवाडी २३ फागुन २०८१ ११:०४
16
SHARES
बिहान ४ बजे कालीमाटी तरकारी बजारमा यस्तो चहलपहल [तस्बिरहरू]

काठमाडौँ- कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा मध्यरातदेखि नै कृषिजन्य सामग्रीको मोलमोलाइ सुरु हुन्छ।

देशभरका किसानहरूद्वारा उत्पादित तरकारी, फलफूल राति २ बजेदेखि कालीमाटी बजारमा आइपुग्ने गर्छ। विराटनगर स्थायी घर भई कालीमाटीमा कुरिलो बेचिरहेकी मिना खड्काका अनुसार कतिपय व्यापारीहरू राति १२ बजेदेखि नै तरकारी लिएर आइपुग्छन्।

‘२ बजेदेखि तरकारी बोकेका गाडी भित्रिन्छन्। ४ बजेदेखि सडक पेटीमा व्यापार सुरु हुन्छ,’ उनले भनिन्, ‘६ बजेपछि सडक पेटीमा तरकारी तथा फलफूल बेच्न पाइँदैन। व्यवसाय गर्न २ घण्टा मात्रै पाइन्छ। ५ बजे नै महानगर प्रहरीले जनाउ दिन्छ, ६ बजेभित्र उठाइसक्नुपर्छ।’

कालीमाटी बजारमा विशेषगरी धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछापलगायत जिल्लाबाट मात्र होइन भारतको कोलकाताबाट समेत तरकारी तथा फलफूल आयात हुने कालीमाटी तरकारी तथा फलफूल विकास समितिले जानकारी दिएको छ।

तस्बिरहरू

प्रकाशित: २३ फागुन २०८१ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast