
काठमाडौँ- गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह गरेका छन्। काठमाडौँस्थित कार्की ब्याङ्क्वेटमा बिहीबार (आज) उनीहरुको विवाह समारोह चलिरहेको छ। विवाहमा उनीहरुका नजिकका साथीभाइ, आफन्त र गीतसंगीत क्षेत्रका विभिन्न व्यक्तिहररु सहभागी छन्।
गत असारमा उनीहरुले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए। उनीहरुले प्रेम विवाह गरेका हुन्।
नेपाल आइडलबाट गायन यात्रा सुरू गरेकी अस्मिताका थुप्रै गीत हिट छन्। गीत रेकर्डिङदेखि स्टेज कार्यक्रमसम्म उनको व्यस्तता लोभलाग्दो छ। त्यस्तै महेशका पनि धन्यवाद मायालु, माया बिरानी, नाच फिरिरी, लज्जावती झारलगायत थुप्रै गीत चर्चित छ।
प्रकाशित: २२ फागुन २०८१ १५:३२
प्रतिक्रिया