 
                             
                                            काठमाडौँ- सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्प आउँदा आत्तिएर हामफाल्दा एकजना घाइते भएका छन्।
चौतारास्थित जिल्ला कारगारमा भोटेकोशी गाउँपालिका-५ का ३३ वर्षीय स्याङबो तामाङ भूकम्प आउँदा आत्तिएर दोस्रो तलाबाट हामफाल्दा घाइतेको भएको जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ। उनको हात भाँचिएको छ।
चौतारा अस्पतालमा उपचारपछि तामाङ डिस्चार्ज भइसकेको प्रहरीको भनाइ छ।
                            प्रकाशित: १६ फागुन  २०८१ ८:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 