सीटीईभीटी सुधार माग राख्दै नयाँ शक्ति विद्यार्थी युनियनले बुझायो १२ बुँदे ज्ञापनपत्र

हिमाल प्रेस १६ फागुन २०८१ ६:४५ | Friday, February 28, 2025
सीटीईभीटी सुधार माग राख्दै नयाँ शक्ति विद्यार्थी युनियनले बुझायो १२ बुँदे ज्ञापनपत्र

काठमाडौँ- डा.बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट नयाँ शक्ति विद्यार्थी युनियनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सुधारको माग राख्दै ज्ञापनपत्र बुझाएको छ।

युनियनका अध्यक्ष बलबहादुर रम्तेलले सीटीईभिटीका सदस्यसचिव महेश भट्टराईलाई सुधारको माग राखेर १२ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। विभिन्न समयमा शिक्षालयहरूकोनक्साङकनको लागि बनेको कार्यविधि र शैक्षिक क्यालेण्डर लागू गर्न युनियनले माग गरेको छ।

रम्तेलकाअनुसार वार्षिक परीक्षाको नतिजा ६० दिनभित्र र अन्यको ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने कार्यविधि वा कानुन बनाई लागू गर्न भनेका छौं। पास भएका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट, प्रोभिजनल, समकक्षतालगायतका प्रमाणपत्रहरू प्रदेश कार्यालयमार्फत वितरण गर्नुपर्ने माग युनियनको छ।

त्यसैगरी, युनियनको अर्को मागमा समावेशी हिसाबले बजेट अनुसार स्थानीय तह तोकेर नै छोटो अवधिको निःशुल्क तालिम सञ्चालन गर्नुपर्ने छ। मागहरू ७ दिनभित्र पूरा नभए चरणबद्ध आन्दोलन गर्ने युनियनले जनाएको छ।

प्रकाशित: १६ फागुन २०८१ ६:४५ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast