छायांकनमा धीरज र मिरुना अभिनीत ‘कुस्ती’, निर्मातामा बुद्धि तामाङ

हिमाल प्रेस १४ फागुन २०८१ १३:४८ | Wednesday, February 26, 2025
छायांकनमा धीरज र मिरुना अभिनीत ‘कुस्ती’, निर्मातामा बुद्धि तामाङ

काठमाडौँ- अभिनेता बुद्धि तामाङको निर्माणमा बन्ने फिल्म ‘कुस्ती’ को मंगलबारदेखि छायांकन सुरु गरिएको छ। मातातीर्थमा मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको फिल्मका निर्देशक अनिल योञ्जनले जानकारी दिए।

प्रेम कथामा आधारित फिल्ममा धीरज मगर, पुष्कर गुरुङ, लुनिभा तुलाधर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहनेछ।

अनुषा सिनेमावुड पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको अधिकांश छायांकन काठमाडौ गरिनेछ। उमङ्ग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ। फिल्म २०८२ सालमा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: १४ फागुन २०८१ १३:४८ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast