 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने चाहना त्याग्न सुझाव दिएका छन्।
आइतबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै गौतमले शाहलाई फेरि राजा बन्न चाहना छाडेर निर्वाचनमार्फत नेता बन्न सुझाव दिएका हुन्।
वैठकको विशेष समयमा उनले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अक कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको दाबी गरे।
‘नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन्,’ गौतमले भने,‘फेरि राजा आउने सम्भावना छैन। पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातान्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसदबाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस्।’
सांसद झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारले संसद्लाई छलेर ल्याएका अध्यादेश भूमाफिया, कालोबजारी, राजस्व छली, स्वार्थ समूहको हितमा रहेको आरोप लगाउँदै आमजनताको पक्षमा नरहेको अध्यादेश पास गर्न नुहुने धारणा व्यक्त गरे।
सांसद नारायणदत्त मिश्रले कृषि अनुदान अपचलन गर्नेलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै मल बीउ र खनजोतका लागि वडा कार्यालयमार्फत अनुदान दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। ‘एकातर्फ मलबीउ छैन, अर्कातर्फ सीमा क्षेत्रमा सुरक्षाकर्मीको ज्यादती छ, एक कट्टा मल र १० किलो बीउ ल्याउनेलाई कारबाही गर्छन्,’ उगले भने, ‘मलबीउ, खनजोत र सिँचाइका लागि सबैभन्दा बढी अनुदान हुनुपर्छ, अन्य क्षेत्रका अुनदान कटौती हुनुपर्छ।’
सांसद युवराज शर्माले आर्थिक समृद्धि र जनजीविकाको सबाल सम्बोधन गर्न राजनीतिक दलहरु चुक्न नहुनेमा जोड दिँदै संघ र प्रदेशको संरचनामा व्यापाक सुधार गरेर जानुपर्ने खाँचो औँल्याए।
सांसद डा. बेदुराम भुसालले संसदीय प्रक्रिया र अन्तरवस्तुको दृष्टिकोणबाट अध्यादेश समर्थन गर्न नसकिने बताए। भूमिहीन, सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि विद्यमान ऐन पर्याप्त रहेको जनाउँदै उहाँले स्वार्थ समूहको हितमा भूमिसम्बन्धी अध्यादेश अघि बढाउन नहुने धारणा राखे।
सांसद मोहम्मद खालिदले भारतको उडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु सम्बन्धमा नेपाल सरकारले चालेको कूटनीतिक पहल र त्यसको परिणामबारे सदनलाई जानकारी गराउन माग गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![माधवको संकीर्ण सोचले समाजवादी आन्दोलन पथभ्रष्ट हुँदै छ : झलनाथ खनाल [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/JN.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 