हमासले जिम्मा लगायो चार बन्धकको शव

हिमाल प्रेस ८ फागुन २०८१ १५:५३ | Thursday, February 20, 2025
हमासले जिम्मा लगायो चार बन्धकको शव तस्बिर : एफपी

काठमाडौँ- हमासले आफ्नो नियन्त्रणमा रहेका चार बन्धकहरूको शव इजरायललाई जिम्मा लगाएको छ। हमासले बिहीबार चार बन्धकको शव इजरायली रक्षा बलको जिम्मा लगाएको हो।

जिम्मा लगाइएका शवहरूलाई सनाखतका लागि जाफास्थित अबू कबीर फोरेन्सिक पठाइएको इजरायली प्रधानमन्त्री कार्यालयल जनाएको छ। शव परीक्षणपछि मृतक बन्धकहरूको परिवारलाई जानकारी गराइने बताइएको छ।

यसअघि विज्ञप्ति निकालेर हमासले चारै जना बन्धकहरू इजरायली आक्रमणमा मारिएको दाबी गरेको थियो।

युद्धविराम सुरू भएयता हमासले पहिलोपटक मृतक बन्धकहरूलाई जिम्मा लगाएको हो।

हमासले ६ जना जिवीत इजरायली बन्धकलाई शनिबार रिहा गरिने जनाएको छ।

प्रकाशित: ८ फागुन २०८१ १५:५३ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast