पाकिस्तानमा बसबाट ओरालेर सात यात्रुको हत्या

हिमाल प्रेस ७ फागुन २०८१ १५:३१ | Wednesday, February 19, 2025
पाकिस्तानमा बसबाट ओरालेर सात यात्रुको हत्या फाइल तस्बिर

काठमाडौँ- पाकिस्तानमा अज्ञात समूहले एक यात्रुबाहक बसमा आक्रमण गरेर सात जनाको हत्या गरेको छ।

बलूचिस्तानको बरखान जिल्लामा अज्ञात समूहले बसबाट ओरालेर उनीहरूको हत्या गरेका हुन्। यो आक्रमण गएराति भएको हो।

बरखान प्रहरीका अनुसार आक्रमणकारीले बसमा गोलीबारी गरेको र त्यसपछि सात जनाको हत्या गरेका छन्। अज्ञात समूहले क्वेटाबाट लाहौरतर्फ गइरहेको यात्रुबाहक बसलाई निशाना बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक सबै जना पाकिस्तानको पञ्जाब राज्यका हुन्।

प्रकाशित: ७ फागुन २०८१ १५:३१ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast