‘एक्लो’ मा काल बनेका सुरजको क्यारेक्टर

हिमाल प्रेस ४ फागुन २०८१ १०:४५ | Sunday, February 16, 2025
‘एक्लो’ मा काल बनेका सुरजको क्यारेक्टर

काठमाडौँ- फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो।

पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो रुप देखिएको छ। उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्रो निर्देशन हो। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, बेलायती अभिनेता जेमी बेकनको अभिनय छ।

हाल लण्डनमा फिल्मको पोस्ट प्रोडक्सनको कार्य भईरहेको निर्देशक शाहीले बताए। फिल्मका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन्। कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ छन्।

प्रकाशित: ४ फागुन २०८१ १०:४५ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast