बुमराह बिनै भारतले खेल्दैछ च्याम्पियन्स ट्रफी

हिमाल प्रेस ३० माघ २०८१ ७:१९ | Wednesday, February 12, 2025
बुमराह बिनै भारतले खेल्दैछ च्याम्पियन्स ट्रफी निराश बनेका भारतीय खेलाडी। तस्बिर : एपी

काठमाडौँ- भारतीय तीब्र गतिका बलर जसप्रित बुमराहले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ नखेल्ने भएका छन्। केही समयअघिदेखि घाइते रहेका बुमराह खेल गुमाउने भारतीय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जानकारी दिएको छ। उनको ढाडमा समस्या देखिएको छ।

भारतीय समाचार संस्थाका अनुसार ढाडको समस्या सामान्यजस्तो देखिए पनि खेलमा फर्किन नमिल्ने चिकित्सकहरूको सल्लाह छ। यसअघिका टी २० र एक दिवसीय शृंखलामा पनि भारत बुमराहबिना नै मैदान पसेको थियो। यद्यपि, उनको अनुपस्थितिमा पनि भारत जित निकाल्दै आएको छ।

बुमराहका कारण भारतलाई झड्का लागे पनि यता अर्का अलराउन्डर मोहम्मद सामीका कारण राहत मिलेको छ। सामी एक वर्षपछि भारतीय टिममा समेटिएका छन्। यसअघि इन्ज्युरीकै कारण रेस्टमा बसेका उनी यसअघिकै खेलमा सहभागी छन्।

१५ सदस्यीय टिममा अब बुमराहको ठाउँमा तीव्र गतिका बलर हर्षित राणा हुनेछन्। त्यस्तै यशस्वी जयसवालको स्थानमा वरुण चक्रवर्तीलाई समेटिएको जनाइएको छ।

फेब्रुअरी १९देखि च्याम्पियन्स ट्रफीका खेल पाकिस्तानमा मा सुरु हुँदैछ। भारतले भने सबै खेल दुबईमा खेल्ने छ। उसले फेब्रुअरी २० मा बंगलादेश, फेब्रुअरी २३ मा पाकिस्तान र मार्च ३ मा न्युजिल्यान्डसँग खेल्नेछ।

प्रकाशित: ३० माघ २०८१ ७:१९ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast