म्याथ्यु बने ‘डेब्यु’ खेलमै १५० रन प्रहार गर्ने पहिलो क्रिकेटर

हिमाल प्रेस २९ माघ २०८१ ६:४७
8
SHARES
म्याथ्यु बने ‘डेब्यु’ खेलमै १५० रन प्रहार गर्ने पहिलो क्रिकेटर दक्षिण अफ्रिकाका ओपनर म्याथ्यु ब्रिजके। तस्बिर : आईसीसी

काठमाडौँ- ‍दक्षिण अफ्रिकाका ओपनर म्याथ्यु ब्रिजकेले ‘डेब्यु’ खेलमै १५० रन हिर्काएर विश्व कीर्तिमान बनाएका छन्। २६ वर्षीय म्याथ्यु ब्रिजकेले आफ्नो डेब्यु खेलमै १५० रन बनाउने पहिलो क्रिकेटर बनेका हुन्।

उनले सोमबार पाकिस्तानको लाहोरमा भएको खेलमा न्युजिल्यान्डविरुद्ध ओपनिङ गर्दै १५० रन बनाउँदा १४८ बल खेल्दै ११ चौका र ५ छक्का प्रहार गरे। त्यसपछि उनी क्याच आउटका रूपमा मैदानबाट बाहिरिए। उनको यो आक्रमक प्रहारसँगै दक्षिण अफ्रिकाले न्युजिल्यान्डविरुद्ध जित निकालेको छ।

पाकिस्तान र न्युजिल्यान्डविरुद्धको त्रिदेशीय एकदिवसीय शृंखलामा म्याथ्युको उत्कृष्ट ब्याटिङले दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३०४ रन जोडेको थियो।

तर दक्षिण अफ्रिका ६ विकेटले पराजित भयो। उनको शतकको सहयोगमा गद्दाफी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो।

उक्त ३ सय ५ रनको लक्ष्य न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। न्युजिल्यान्डका विलियम्सनले १३३ र ओपनर डेभन कन्वे ९७ रनको योगदान दिए।

प्रकाशित: २९ माघ २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast