बुन्डेस लिगामा बार्यनको सानदार जित

हिमाल प्रेस २६ माघ २०८१ १०:२७
2
SHARE
बुन्डेस लिगामा बार्यनको सानदार जित

काठमाडौँ- बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा एसभी वेर्डर ब्रेमेनमाथि सानदार जित हासिल गरेको छ। बायर्नले शुक्रबार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो। बार्यनका लागि ह्यारी केनको २ गोल गरेका थिए।

घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरेका थिए। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८२औं मिनेटमा सानेले गोल गर्दै बायर्नको अग्रता २-० मा पुर्‍याए। इन्ज्युरी समयमा केनले दोस्रो गोल गरे।

जितसँगै बायर्न २१ खेलबाट ५४ अंकसहित लिगको शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ। बायर्नले शीर्ष स्थानको अग्रता ९ अंकमा पुर्‍याएको छ। ब्रेमेन भने २१ खेलबाट ३० अंकसहित तालिकाको आठौं स्थानमा छ।

प्रकाशित: २६ माघ २०८१ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast