भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु

हिमाल प्रेस ११ माघ २०८१ २०:३७ | Friday, January 24, 2025
भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु

काठमाडौँ– पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखानाभित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भंडारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो। स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए।

विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुरहरु फसेका थिए।

विष्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ।–रासस

प्रकाशित: ११ माघ २०८१ २०:३७ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast