जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुँदै रवि, आजै होला थुनछेक बहस?

हिमाल प्रेस ९ माघ २०८१ ६:२९
10
SHARES
जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुँदै रवि, आजै होला थुनछेक बहस?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुँदैछन्। उनीविरुद्ध सुप्रिम सहकारी ठगीको अभियोग लागेर मुद्दा दायर भएसँगै उनी अदालतमा उपस्थित हुन रूपन्देही पुगेका हुन्। उनी मंगलबार रूपन्देही पुगेका थिए।

बुधबार १० बजेअघि नै उनी अदालतमा उपस्थित हुने तयारी छ। बुधबार नै पेसी तोकेर अदालतमा उनको बयान सुरु हुनेछ।बयान छिट्टै सकिए थुनछेक बहस समेत बुधबार नै हुनेछ। बहस सकिनासाथ उनलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ।

सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भइसकेको छ। तर अभियोग अदालतमा पेस गर्दा एकजना पनि प्रतिवादी साथमा थिएनन्। पूरक अभियोगमा प्रतिवादी बनाइएका अभियुक्तमध्ये रवि नै अदालतमा उपस्थित हुने पहिलो अभियुक्त हुन्।

पूरक अभियोगमा कुमार रम्तेल, शिवबहादुर गुरुङ, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, नरेश जिसी, गितेन्द्रबाबु राई, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारीलाई प्रतिवादी बनाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अभियोगमा यीमध्ये २० जना फरार रहेको उल्लेख गरेको छ। दुईजना मात्रै फरारको सूचीमा छैनन्। कुमार रम्तेल र शिवबहादुर गुरुङ कास्की कारागारमा रहेको उल्लेख छ।

प्रकाशित: ९ माघ २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast