काठमाडौँ- पहिलोपटक आयोजना गरिएको खो–खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली पनि उपविजेता बनेको छ। नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ५४–३६ अंकले पराजित भएको हो।
यसअघि महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।
प्रकाशित: ६ माघ २०८१ २१:५० | Sunday, January 19, 2025
प्रतिक्रिया





