करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

हिमाल प्रेस ६ माघ २०८१ २०:३३
10
SHARES
करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

काठमाडौँ- नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ। नेपालले ६ रजत र १३ कांस्य पदक समेत प्राप्त गरेको छ।

भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे। त्यसै गरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे।

यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अंकित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कांस्य पदक प्राप्त गरे। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast