साम्बाबिनै चम्किरहेको एपीएफ

हिमाल प्रेस ३ माघ २०८१ ८:२२
10
SHARES
साम्बाबिनै चम्किरहेको एपीएफ

काठमाडौँ- एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा आइपुग्दा एपीएफ क्लबले दबदबा कायम राख्न सफल भएको छ। अधिकांश राष्ट्रिय टोलीका खेलाडी एपीएफ हालसम्म लिग लिडर बनिरहेको छ।

अनिता बस्नेतको कप्तानीमा मैदान पस्ने एपीएफमा फरवार्ड, विंगर र व्याक लाइन बलिया खेलाडी पर्ने गर्दछन्। विगतमा राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ पनि एपीएफमै आबद्ध थिइन्। हाल उनी फ्रान्सको एना भान गुइनगाम्पमा आबद्ध भएकी छन्।

हाल उनी एपीएफको मैदानमा छैनन्। तर उनको आबद्धता भने अहिले पनि कायम छ। यसअघि साम्बा आफैले पनि हालसम्म आबद्धता नछुटाइएकोमा एपीएफलाई धन्यवाद दिएकी थिइन्। उनी मात्र होइन, राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी एन्जिला तुम्बाहाम्फे लिम्बु पनि विगतमा एपीएफमै थिइन्। तर उनी भारतको टोलीमा समावेश भएपछि एपीएपको प्लेइङ सेटमा पर्दिनन्।

यी दुई खेलाडीको अभावमा पनि एपीएफले दबदबा कायम राखेको छ। विभागीय टोली आर्मी र पुलिसलाई समेत एपीएफले जित निकालिरहेको छ भने अन्य क्लव बागमती गाउँपालिका र वालिङमाथि त हाबी नै भएको छ। त्यसो त, एपीएफका सबै खेलाडी राष्ट्रिय टोलीका पहिलो रोजाइकै छन्। फरवार्ड रश्मिकुमारी घिसिङ, सरु लिम्बु, मिडफिल्डर प्रिति राई समेतको आबद्धताले टोली मजबुत बनेको छ। एपीएफले

एपीएफले बागमती युवा क्लबविरुद्ध ६-० गोल अन्तरको जित हात पार्‍यो। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई गोल गरे। त्यस्तै प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपिएफले आत्मघाती उपहारका रूपमा पायो।

जितसँगै एपीएफले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । पाँच खेलमा एपिएफले स्पष्ट १५ अंक जोडेको छ। यो नतिजासँगै बागमती चौथो स्थानमा यथावत रह्यो। चौथो खेलमा हार बेहोरेको बागमतीले पाँच खेलमा तीन अंक जोडेको छ ।

प्रकाशित: ३ माघ २०८१ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast