काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक प्रवेश कटुवाल नेपाल सुपर लिग (एनएसएल)को झापा एफसी टिममा आबद्ध भएका छन्।
उनी एनएसएलको आगामी सिजनमा झापाका प्रशिक्षक रहने झापा एफसीले जानकारी दिएको छ। उनी झापा ११ का पूर्वखेलाडी साथै झापाबासी समेत हुन्।
यसअघिका दुईपटकका सहिद स्मारक ‘ए’ डिभिजनमा मछिन्द्र क्लबमा आबद्ध थिए। एनएसएलको तेस्रो संस्करण यही चैत्र १६ बाट सुरु हुँदैछ।
प्रकाशित: २ माघ २०८१ ७:४६ | Wednesday, January 15, 2025
प्रतिक्रिया





