माघे सक्रान्तिको शुभकामना साटासाट गर्न नेताहरू शीतलनिवासमा

हिमाल प्रेस १ माघ २०८१ १२:५४ | Tuesday, January 14, 2025
माघे सक्रान्तिको शुभकामना साटासाट गर्न नेताहरू शीतलनिवासमा

काठमाडौँ- माघे संक्रान्तिको अवसरमा नेताहरू शीतल निवासमा भेला भएका छन्। आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना व्यक्त गरे। शीतलनिवासमा आज माघे संक्रान्तिको अवसरमा खाइने घ्यू,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ।

माघी पर्वको अवसरमा शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरूको उपस्थिति छन्।

 

प्रकाशित: १ माघ २०८१ १२:५४ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast