निमावि शिक्षकलाई स्थायी नियुक्ति दिन सिफारिस

हिमाल प्रेस २९ पुष २०८१ १६:३१ | Monday, January 13, 2025
निमावि शिक्षकलाई स्थायी नियुक्ति दिन सिफारिस

जनकपुर- शिक्षा विकास निर्देशनालय जनकपुरधामले निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षक पदका उम्मेदवारहरूलाई नियुक्ति तथा पदस्थापनको लागि जिल्लामा सिफारिस गरेको छ।

शिक्षक सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ को मधेश प्रदेशअन्तर्गतका जिल्लाहरूमा रिक्त निम्न माध्यमिक तृतीय श्रेणी पदको खुला विज्ञापनबाट लिखित तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण उम्मेदवारलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रअनुसार जिल्लाहरूमा स्थायी नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको हो।

सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाईमा सम्पर्क राख्न उम्मेदवारहरूलाई अनुरोध गरिएको छ।

 

प्रकाशित: २९ पुष २०८१ १६:३१ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast