सिडनी टेस्ट : फेरि चलेनन् विराट कोहली

हिमाल प्रेस २० पुष २०८१ १५:३९
12
SHARES
सिडनी टेस्ट : फेरि चलेनन् विराट कोहली

काठमाडौँ- बोर्डर–गावस्कर ट्रफीअन्तर्गत सिडनीमा जारी अन्तिम टेस्ट म्याचमा दोस्रो दिनको खेल सकिँदासम्म भारतले अस्ट्रेलियाविरूद्ध ६ विकेटको क्षतिमा १४१ रन बनाएको छ।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन बनाएका छन्। विराट कोहलीले सिडनी टेस्टमा पनि प्रदर्शन गर्न सकेनन्। उनी ६ रन बनाएर आउट भएका छन्।

अघिल्लो म्याचमा शतक बनाएका नितिश रेड्डी २१ बल खेलेर चार रनमात्रै बनाउनसके। यशस्वी जयसवाल २२ रन बनाए। त्यस्तै केएल राहुल र सुभमन गिलले १३–१३ रन बनाए।

यसअघि पहिलो इनिङमा भारतले १८५ रनको योगफल तयार पारेको थियो। जवाफमा अस्ट्रेलियाले १८१ रन बनायो। दोस्रो इनिङमा दोस्रो दिनको खेल सकिँदासम्म भारतले १४५ रनको अग्रता लिएको छ।

पाँच म्याचको श्रृंखलामा अस्ट्रेलिया २–१ ले अग्रता कायम गरेको छ। एउटा म्याच बराबरीमा टुंगिएको छ।

सिडनी टेस्टमा रोहित शर्माले आफ्नो नाम फिर्ता लिएका थिए। उनको स्थानमा जसप्रित बुमराहले कप्तानी गरिरहेका छन्।

प्रकाशित: २० पुष २०८१ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast