तरुण दलले बोलायो राष्ट्रिय भेला

हिमाल प्रेस १६ पुष २०८१ १४:३५ | Tuesday, December 31, 2024
तरुण दलले बोलायो राष्ट्रिय भेला

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला बोलाएको छ। तरूण दलले पुस २२ र २३ गतेका लागि दलको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला बोलाइएको विज्ञप्तिमार्फत जानकारी गराएको हो। भेलाको उद्घाटन बिहान साढे ११ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने तरुण दलले जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपास्थित विपि स्मृती भवनको सभा हलमा हुने कार्यक्रममा दलको केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।

प्रकाशित: १६ पुष २०८१ १४:३५ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast