काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जाँदैछन्। प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन जान लागेका हुन्।
प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् ।
प्रकाशित: १६ पुष २०७९ ९:१७ | Saturday, December 31, 2022
प्रतिक्रिया




