यस्तो छ ‘रंगी’ को टिजर

हिमाल प्रेस १५ पुष २०८१ १४:३५ | Monday, December 30, 2024
यस्तो छ ‘रंगी’ को टिजर

काठमाडौँ- फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट ३९ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ।

टिजरमा फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरी आयुषी हुर्काउन गरेको संघर्ष देखाइएको छ। अन्तमा छोरी दुर्घटनामा परेको कारुणिक दृश्य प्रस्तुत गरिएको छ।

आगामी फागुन २ गते प्रदर्शन हुने फिल्म बाबुछोरीको कथामा आधारित छ। फिल्मका निर्देशक सुरेश न्यौपाने हुन्। यो उनको डेब्यू निर्देशन हो। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

सुमन गजमेरको लेखन रहेको फिल्म सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेकाे फिल्म सान्भी इन्टरटेनमेन्टको ब्यानरमा बनेको छ।

यस्ताे छ टिजर

प्रकाशित: १५ पुष २०८१ १४:३५ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast