सिटीको जितविहीन अवस्थामा ‘ब्रेक’, ग्वार्डिओलालाई राहत

हिमाल प्रेस १५ पुष २०८१ ८:०० | Monday, December 30, 2024
सिटीको जितविहीन अवस्थामा ‘ब्रेक’, ग्वार्डिओलालाई राहत

काठमाडौँ- यसअघिका सिजनको लिग विजेता म्यानचेस्टर सिटीको खराव अवस्था तत्कालका लागि अन्त्य भएको छ। इंग्लिस प्रिमियर लिगको आइतबार रातिको खेलमा लेस्टर सिटीमाथि २-० को जित निकालेको हो।

यो जित सिटीको लगातार ४ खेलपछिको जित हो। यसअघिका ४ खेलमा २ मा हार र २ मा बराबरीमा सिटीले चित्त बुझाएको थियो। सिटीको हारले प्रशिक्षकका रुपमा पेप ग्वार्डिओला र फरवार्ड इर्लिङ हालान्डमाथि प्रश्न उठेको थियो। यसअघि पेनाल्टीमा हालान्ड चुक्दा आलोचित बनेका थिए। लेस्टरमाथिको जितले यी दुवैलाई राहत मिलेको छ।

सिटीको प्रशिक्षकका रूपमा ग्वार्डिओलाको यो ५ सयौं खेल थियो। जसमा सुखद नतिजा निकाल्न उनी सफल भए। साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं‌ मिनेटमा हेड मार्फत गोल गरे। सबै खाले प्रतियोगितामा १४ खेलमा सिटीको यो दोस्रो जित हो।

रुड भान निस्टलरोयको टोली १८ औं स्थानमा छ। पाँचौं स्थानमा उक्लेको सिटी (३१ अंक) को चौथो स्थानको चेल्सीको भन्दा ४ अंक कम छ।

अन्य खेलमा शीर्ष स्थानको लिभरपुलले वेस्ट ह्यामलाई ५-०, दोस्रो स्थानको नटिङघम फरेस्टले एभर्टनलाई २-० ले , क्रिस्टल प्यालेसले साउथह्यामटनलाई २-० ले हरायो।

टोटेनहम र वल्भ्स तथा फुलहम र बोर्नमाउथले समान २-२ को बराबरी खेले। १८ खेलमा लिभरपुलको ४५ र एक खेल बढी खेलेको नटिङघमको ३७ अंक पुगेको छ।

प्रकाशित: १५ पुष २०८१ ८:०० | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast